काठमाडौं ।
आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको पृथ्वी राजमार्गको काठमाडौं मुग्लिङ सडक सडक केही समयमै पूर्णरुपमा बन्द भएको छ । बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडकमा आवागमन पूर्णरुपमा रोकिएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले जानकारी दिइन् ।
उनका अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ ।
सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।












