अमेरिकाले बाढीपीडितलाई तीन महिना पुग्ने गरी खाद्य सामग्री उपलब्ध गराउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकाले तीन महिनासम्म पुग्ने गरी नेपालका बाढीपीडितका लागि खाद्य सामग्री उपलब्ध गराउनेभएको छ । ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने अमेरिकी सरकारले घोषणा गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने उल्लेख छ । विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ ।

यसअघि अमेरिकाले ५ लाख अमेरिकी डलर ९करिब ७ करोड ६० लाख रुपैयाँ० को सहायता घोषणा गरेको थियो ।

  • १४ भाद्र २०८३, आईतवार ०८:२३ प्रकाशित