काठमाडौं-मुग्लिन खण्डमा रोकिएका सवारी सुचारु

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं-मुग्लिन खण्डमा रोकिएका सवारी साधन पुनः चल्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान रसुवाबाट पुन बाढी आएको सूचनापस्चात नारायणघाट देखि पोखरा, मुग्लिन र काठमाडौं जाने आउने सबै सवारी साधन रोकिएका थिए ।

बाढीको ठूलो जोखिम नरहेको अर्को सूचना पश्चात रोकिएका सवारी साधन चल्न थालेका हुन् । ‘अहिले सबै किसिमका रोकिएको सवारी साधनहरुको आवगमन पूर्णरुपमा सुचारु भएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिएको छ, जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ ।

सुरूवाती सूचना पश्चात काठमाडौंबाट बाहिरिने गाडी नागढुंगा र चितवनमा गाडी रोकिएका थिए । रोकिएका गाडी पुनः सञ्चालनमा आए पनि जोखिमयुक्त स्थानमा नबस्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

  • १४ भाद्र २०८३, आईतवार ०८:०५ प्रकाशित