काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनस् सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।
आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेको जनाइएको छ । तर प्रधानमन्त्रीको प्रस्तावमा रविले रेड सिग्नल दिएको बताइएको छ। ।
रविका सर्त मान्न प्रधानमन्त्रीले मञ्जुर हुने संकेत गरे पनि लामिछाने भने दाहालको प्रस्तावलाई स्वीकार नगरेको जनाइएको छ। रवीले हाल सरकारमा रहने मनस्थिती नभएको भन्दै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनसक्ने बताउँदै आएका छन् ।
भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डा अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।
रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ ।













