काठमाडौँ ।
भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा। सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ । उनको अनुसार राष्ट्रपति पौडेल आज राति ८ बजे काठमाडौँ आइपुग्ने छन् ।
स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो ।













