दसैंपछि संक्रमणदर ह्वात्तै बढ्यो : तिहारमा निषेधाज्ञा होला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
दसैं सकिएसँगै कोरोना भाइरस संक्रमण दरमा वृद्धि देखिएको छ । दशैंका बेला मानिसहरु ओहोरदोहोर गर्ने क्रममा संक्रमण फैलिन थालेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

दशैंअघि संक्रमणदर पाँच प्रतिशत हाराहारीमा देखिएकोका हिजो मंलगबार ह्वात्तै बढेको छ । हिजो दशैंको अन्तिम दिन एक्कासी संक्रमणदर १० प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्क हेर्दा पाँच दिनअघि अर्थात्‌ असोज ३० गते १४७ जना नयाँ सङ्क्रमित फेला परेका थिए।त्यसको चौथो दिन अर्थात् कार्तिक २ गते १,०९६ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्क छ।

चाडबाडका बेला रोकिएका पीसीआर र एन्टिजन परीक्षणका नतिजाहरू एकै पटक आउँदा सङ्क्रमित बढेको हुन सक्ने सम्भावना रहेको छ ।
मन्त्रालयको अनुसार संक्रमणको पछिल्लो प्रवृत्तिबारे निष्कर्षमा पुग्न अबका केही दिनको तथ्याङ्कको विश्लेषण गर्नुपर्ने हुन्छ।

सङ्क्रमणसम्बन्धी दुई(चार दिनयताको तथ्याङ्क हेर्दा खासगरी काठमाण्डू उपत्यकामा तिहारका बेला निषेधाज्ञा लागु हुन सक्छ कि भन्ने कतिपयले आशङ्का गर्न थालेका छन्।

तिहारमा निषेधाज्ञा होला ?
संक्रमणदर बढ्न थालेसँगै काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनहरू पर्ख र हेर को नीति लिएको छ ।

भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गरि चाडबाड मनाउन आग्रह गरिए पनि त्यस्तो हुन नसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बताउँछन्।

तिहारका बेला निषेधाज्ञा लागु होला त भन्ने जिज्ञासामा उनले भने,  तिहारमा निषेधाज्ञा हुने नहुनेबारे अब छिट्टै नै जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर तिहार र छठमा थप सङ्क्रमण फैलिन नदिनका लागि कस्तो रणनीति अपनाउने भन्नेबारे टुङ्गोमा पुगे पश्चात निर्णय हुने उनको भनाई छ ।

सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी भावी अवस्थाको विश्लेषण र आकलनका आधारमा आगामी कदम चालिने उनले बताए।संक्रमणदर बढि नै रह्यो भने कडाई गरिने बताइएको छ ।

उता भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेशी शर्माले जनजीवन र आर्थिक गतिविधिलाई पूर्ण रूपमा ठप्प नै पार्ने गरी कदम नचालिने बताएकी छिन् । स्रोत: बीबीसी नेपाली

  • ३ कार्तिक २०७८, बुधबार १५:२० प्रकाशित