संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।
शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले यस्तो बताएका हुन् । उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए ।
किराँतीले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए । जनताले ठुला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको उनको भनाइ थियो ।













