मुख्यमन्त्री सुरेन्द्र र दुई मन्त्रीले लिए सपथ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त गरेका थिए ।

उनलाई आज शुक्रबार प्रदेश प्रमुख गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन् ।

माओवादीकी सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी मन्त्री बनेका छन् । उनीहरुलाई पनि प्रदेश प्रमुखले सपथ गराएका छन् । सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन ।

पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पनि सहभागी थिए ।

  • १५ बैशाख २०८०, शुक्रबार १४:२७ प्रकाशित