उपनिर्वाचनबाट चुनिएका प्रतिनिधिसभा सदस्यहरुको शपथ आज

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उपनिर्वाचनबाट नियुक्त भएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज(शुक्रबार) शपथ हुने भएको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट तीन जना सदस्यहरु निर्वाचित भएका छन् । उनीहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो ।

उनीहरुलाई सभामुख देवराज घिमिरेले कानून समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

  • १५ बैशाख २०८०, शुक्रबार १०:४१ प्रकाशित