गण्डकीका मुख्यमन्त्री पाण्डेको सपथ आज, मन्त्रीका लागि केन्द्रको निर्णय कुर्दै

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पाचौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज शपथ आज लिदैछन् ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेको साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिने भएका हुन्। मुख्यमन्त्रीको सपथको तयारी भइरहँदा भागबन्डा नमिल्दा अहिलेसम्म मन्त्रीको भने टुंगो लागेको छैन । मन्त्रीका लागि केन्द्रको निर्णय कुर्ने जनाइएको छ।

मन्त्रीको बाँडफाँडको लागि केन्द्रमा बैठक बस्न लागेको र जे टुंगो लाग्छ, त्यहीँअनुसार अगाडि बढ्ने स्रोतले बताएको छ ।

कांग्रेसमा पनि मन्त्री बन्ने आकांक्षीको लर्को छ । माओवादीलाई कति मन्त्रालय दिने टुंगिएको छैन । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पनि एक र एक मन्त्रालय दाबी गरिरहेका छन् । माओवादी केन्द्रले ३ मन्त्रालय दाबी गरेको छ ।

  • १५ बैशाख २०८०, शुक्रबार ०९:१३ प्रकाशित