बसुलाले हानेर श्रीमानले मारे श्रीमती

केन्द्रभाग मिडिया

दाङ ।

सल्यानमा श्रीमानले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन्।

कुमाख ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले छोराछोरीसँगै सुतिरहेकी आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको गए राति ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ।

कविराजले मादक पदार्थ सेवन गरि श्रीमतीलाई बसुलाले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार बसुलाले टाउकोमा प्रहार गर्दा कलीको घटनास्थलमै मृत्यु भएको हो

१४ बर्षीय छोरा र ६ वर्षीय छोरीसँगै सुतिरहेकी र निदाएकी श्रीमतीलाई मदिरा सेवनपछि श्रीमानले बसुला प्रहार गरेर हत्या गरेका हुन् ।

  • ३ कार्तिक २०७८, बुधबार ०९:२८ प्रकाशित