चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक तीन तला माथिबाट खसेको अवस्थामा भेटिएका छन् । रविका ड्राइभर दिलबहादुर थापा चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट तल खसेकोअवस्थामा फेला परेका हुन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर आज बिहान ४ बजे घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार थापा गम्भीर घाइते भएका छन् । उनको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।













