न्यायालयबाट क्लिन चिट लिएर आउँछु : ढाकाकुमार

केन्द्रभाग मिडिया

काठमाडौं ।

अडियो प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा।ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्। उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताए।

पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताए। उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु। यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला। यो अडिओ केही पनि होइन। सुनयोजित रुपमा ल्याइएको हो।’

  • २९ चैत्र २०७९, बुधबार १८:२५ प्रकाशित