श्रीमान श्रीमतीबीचको आपसी झगडामा कुटाकुट हुदाँ श्रीमानको मृत्यु

केन्द्रभाग मिडिया

Dead body in a mortuary

काठमाडौं ।
श्रीमान श्रीमती बीचको आपसी झगडामा कुटाकुट हुदाँ श्रीमानको ज्यान गएको छ ।

छ थर गाउँपालिका ३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको हो।
उनीहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्दको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै वेहोस अवस्थामा रहेकी श्रीमती भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पताल रिफर गरिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • १ कार्तिक २०७८, सोमबार १६:४८ प्रकाशित