पोखरा ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।
राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।