पोखरा ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
राति देशका पहाडी भू/भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।