लागूऔषध तस्करको विशेष परिकार मुसा  !

केन्द्रभाग मिडिया

एजेन्सी ।
दक्षिणी इटलीको एक भाङ खेतमा छापा मार्ने क्रममा प्रहरीले २३५ वटा साना मुसाहरू भेटेका छन्।

भाङ खेत वरपर रहेका छाप्रोहरूमा प्रहरीले छापा मार्दा चिस्याइएको अवस्थामा राखिएका ती मुसाहरू भेटिएका थिए।मुसा थुन्ने खोर र मरेका मुसा राखिएका फ्रिजहरू पनि भेटिएको प्रहरीले बताएको छ।

प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको जनाएको छ।

ती मुसाहरू लागु औषध तस्करहरूबीच लोकप्रिय परिकार बनाउनका लागि राखेको हुनसक्ने बताइएको छ।वन्यजन्तुका क्षेत्रमा काम गर्नेहरू पकाएको मुसाको परिकार शक्तिशाली माफिया समूहले उच्च तहका गुन्डाहरूका लागि आयोजना गर्ने भोजमा प्रयोग हुने बताउँछन्।

इटलीमा वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने संस्था लिपुका अनुसार वन्यजन्तु तस्करहरूले आस्प्रोमोन्टे पहाडमा रातिको समयमा सक्रिय हुने यस्ता मुसाहरूलाई जालमा थापेर आपराधिक समूहहरू र रेस्टुराँहरूलाई बेच्ने गरेका छन्।

माफिया समूहका नाइकेहरूले मुसाको परिकारका प्लेट अगाडी बसेर महत्त्वपूर्ण निर्णयहरू लिने गरेको इटलीयन एक पत्रिकाले जनाएको छ ।

  • ३१ आश्विन २०७८, आईतवार १४:१० प्रकाशित