ग्रिसमा दुईवटा रेल ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

ग्रिसमा दुईवटा रेल एकआपसमा ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेका छन्। दुर्घटनामा १६ जनाको ज्यान गएको र ८५ जना घाइते भएको जनाइएको छ । घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ ।

मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो ।

  • १७ फाल्गुन २०७९, बुधबार ११:०४ प्रकाशित