झलनाथ भेट्न डल्लु पुगे चित्रबहादुर केसी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भेटवार्ता भएको छ ।

सोमबार अध्यक्ष केसी नेता खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।

फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेका छन् ।

  • १५ फाल्गुन २०७९, सोमबार १५:३४ प्रकाशित