पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन भएको छ ।
वडासदस्य श्रेष्ठको फिस्टेल हस्पिटलमा उपचारको क्रममा आज बिहान करिव २ः३० बजेको समयमा निधन भएको वडासदस्य प्रकाश कोइरालाले जानकारी दिए ।
श्रेष्ठको स्वास्थ्यमा शुक्रबार समस्या आएपछि फिस्टेल हस्पिटलमा उपचार भएकोमा उपचारकै क्रममा आज बिहान निधन भएको हो । उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय वडासदस्य श्रेष्ठ नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ४ को वडासदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय श्रेष्ठको दुई छोरा, एक छोरी र श्रीमती छन् ।













