विराटनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने भएको छ । संघ र अन्य केही प्रदेशमा राप्रपाका मन्त्रीहरूले राजीनामा दिएपनि प्रदेश १ को सरकारमा सहभागी मन्त्रीहरू तत्काल फिर्ता नहुने भएका हुन् ।
केन्द्रको परिस्थिति जे भएपनि प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै सरकारबाट छाड्ने की नछाड्ने निर्णय गर्ने राप्रपा नेताहरूले बताएका छन् ।
सरकारका विषयमा निर्णय गर्न राप्रपाले आज प्रदेश कमिटीको बैठकपनि बोलाएको छ । राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि भक्तिप्रसाद सिटौलालाई राजीनामा नदिन भनेको स्रोतले बताएको छ ।













