पोखरा ।
पोखरा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटवल प्रतियोगितामा उपाधि जितेको छ । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिसंगै नव आर्दशले करिब २४ बर्षमा उपाधि जित्न सफल भएको हो ।
यस अघि करिब २४ बर्ष अघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लव स्तरिय लिग फुटवलमा उपाधि जितेको समाजले हाल संगम कपको उपाधि जित्न सफल भएको हो । साविक उपबिजेता एल.जी.एशोसियसनलाई शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ३—२ को गोल अन्तरले पराजित गर्दै नव आर्दशले उपाधि सहित १ लाख ७५ हजार पुरस्कार प्राप्त गर्यो । नव आर्दशको जितमा सागर राई र सुशान्त गुरुङले १–१ गोलको योजदान दिएका थिए भने एक गोल उपहार प्राप्त भयो । एलजीका लागि आशीष गुरुङले दुई गोल गरे । यस बर्ष पनि उपबिजेता बन्न सफल भएको एल.जी.ले नगद एक लाखको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
खेलको नवौं मिनेटमा आशीष गुरुङले एलजीलाई सुरुवाती अग्रता दिलाए । २० औ मिनेटमा एलजीका संजय जलारीले क्लियर गर्न खोज्दा आत्मघाती गोल भयो । ३६ औं मिनेटमा आशीषले व्यक्तिगत दोश्रो गोल गर्दै टोलिलाई २–१ को स्थितिमा पु¥याए । खेलको ६५ औं मिनेटमा नव आदर्शका सागर राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेट खेल सकिन एक मिनेट बाँकी हुँदा सुशान्त गुरुङले गरेको गोलले नव आदर्शलाई २४ बर्ष पछि जित प्राप्त भयो । निकै राम्रो खेल प्रर्दशन गरेको एल.जी.ले पाएका ७ वटा भन्दा बढी असर खेर जानु नै दुर्रभाग्य हुन पुग्यो । प्रायः एल.जी.को दबाबमा परेको नव आर्दशले पाएका थोरै अवसरलाई गोलमा परिणत गर्दा नजिता आफ्नो पक्षमा पार्न सफल भयो । फाइनल खेलमा नव आर्दशका सुसान्त गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा नव आर्दशका शुसान्त गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट स्टाइकरमा एल.जी.का आसिस गुरुङ, उत्कृष्ट डिफेण्डरमा एल.जी.कै संगम ठकुरी, उत्कृष्ट मिड फिल्डरमा नव आर्दशका अनुज भण्डारी घोषित भएभने उत्कृष्ट गोलरक्षकमा नव आर्दशका आशिस केसी घोषित भएको प्रतियोगिताका म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट गोलरक्षकलाई जनहि ५-५ हजारको साथमा ट्रफी पुरस्कार प्रदान गरिएको छ ।
यही फागुन ८ देखि सूरु भएको उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।उक्त अवसरमा क्लवले पूर्व खेलाडी हरि लामा तामाङ र खेलपत्रकार दीननाथ बराललाई सम्मान गरेको छ । पूर्व फुटवल खेलाडी तामाङले खेलकुदको क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएको र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष समेत रहेका खेलपत्रकार दीननाथ बरालले क्लवका हरेक खेल गतिविधिहरु विगत लामो समय देखि प्रचार प्रसारमा महन्वपूर्ण भुमिका खेलेको भन्दै क्लवका अध्यक्ष नरेन्द्रजंग गुरुङले दोसल्ला ओढायर सम्मान गरेका हुन्।
संगम क्लवले २०६८ मा जिल्लामा छनौट भई राष्ट्रिय लिग समेत खेलेको थियो । पुर्व खेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तान समेत रहेका बिल तामाङको स्मृतिमा क्लवले उक्त फुटवल प्रतियोगिता संचालन गरेको सचिव बिकल थुलुङ राईले बताए ।
यसैबिच उक्त प्रतियोगिताको अवसरमा सेतीपुल वारी संगम क्लवका अध्यक्ष नरेन्द्रजंग गुरुङ सहितको टोली) र सेती पारी पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ(चन्द्र) सहितको भेट्रान्स खेलाडीहरु बिच शनिबार बिहान भएकोे मैत्रिपूर्ण फुटवल खेलमा संगम क्लव सहितको टोली ८-२ गोल अन्तरले विजयी भएको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको थियो ।