मलाई राजीनामा गराउन खोजिँदैछ : मेयर शाह

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पआफूलाई राजीनामा गराउन खोजेको बताएका छन् । शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् ।

उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन् । साथै उनले यो मुलुक कहिल्यै नबन्ने बताएका छन्। ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने ।

उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्।

  • १३ फाल्गुन २०७९, शनिबार १५:५२ प्रकाशित