कांग्रेस संसदीय दलको बैठक बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं । 

नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ।

आज(शुक्रबार)विहान ११ बजेका लागि नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ । सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको राय लागेको हो ।

सम्पत्ति शुद्धीकरणका नेतृत्व सम्हालिसकेका प्रेमप्रसाद भट्टराई, राष्ट्र बैंकको निर्देशक हरि नेपाल, नेपाल कानुन आयोगका अध्यक्ष तथा पूर्व कानुनमन्त्री माधव पौडेल, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी र सर्वोच्च बार एशोशिएसनका कार्यसमिति सदस्य रेशम रेग्मीलाई बैठकमा बोलाइएको छ ।

  • १२ फाल्गुन २०७९, शुक्रबार ०९:४४ प्रकाशित