काठमाडौँ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बेलुका ५ बजे शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा छलफल गर्ने भनिएपनि अन्तिममा बैठक रोकिएको हो । अर्को समय निर्धारण गरेर शीर्ष नेताहरुको बैठक बस्ने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।
राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्न शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरिएको छ । संयुक्त बैठक रोकिए पनि एकल रुपमा पुराना गठबन्धनका शीर्ष नेताहरुलाई भेट्ने तयारी भएको छ ।













