आज एमाले अध्यक्ष ओलीको ७२ औं जन्मदिन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् । उनको निजी निवास बालकोटमा बिहानैदेखि जन्मदिनको रौनक छ ।

पार्टी कार्यकर्ता तथा सुभेच्छुकहरू ओलीलाई जन्मदिनको शुभकामना दिन बालकोटामा भीड लागेका छन् । निजी निवासको प्राङ्गणमा औपचारिक कार्यक्रमसमेत राखिएको छ ।

ओलीका बुबा मोहनप्रसाद, धर्मपत्नी राधिका शाक्य, काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोल तथा एमालेका केही नेता कार्यक्रममा उपस्थित छन् ।

  • ११ फाल्गुन २०७९, बिहीबार ११:२६ प्रकाशित