पोखरा ।
नेकपा एकीकृत समाजवादी नेताहरुले राष्ट्रपतिका लागि सक्रियता बढाएका छन् । बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिमा प्रस्ताव आए स्विकार्ने निर्णय गरेसंगै एकीकृत समाजवादीले आफ्नो सक्रियता बढाएको हो ।
यसैबिच एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निवासमै पुगेर भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न देउवा निवास धुम्बाराही पुगेका अध्यक्ष नेपालसहितका नेताहरु धुम्वाराहीबाट बाहिरिएका छन् ।
सचिवालय बैठकलगत्तै अध्यक्ष नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा नेवास पुगेका थिए । बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी थिए ।
नेकपा एसका नेताहरुसँग छलफल गर्नुअघि जसपा अध्यक्ष उपेन्द्र यादव पनि देउवा निवास पुगेका थिए । आजै बसेको नेकपा एसको निर्णय गरेको थियो ।













