काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुस १० गते सहमति अनुसार एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् ।
वुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दाबी गरेका हुन् ।
सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सवै दलले इमान्दारीका साथ पालना गर्ने उनको विश्वास छ । उनले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताए ।













