अग्नि सापकोटाका छोरा रुपक प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्रीले नियुक्ति दिएसँग सापकोटाले औपचारिक रुपमा काम थालिसकेका छन् ।

उनी अन्तराष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रूपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका छन् ।

साथै, टीयूको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय समिति सदस्यका रूपमा पनि जिम्मेवारीमा रहेका सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा उनीसँग गहिरो ज्ञान रहेको छ ।

सन् २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपूर्ण थिंकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप(कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

डा.सापकोटाले सन् २०१८मा चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधि हासिल गरेका थिए ।

  • ९ फाल्गुन २०७९, मंगलवार १५:४४ प्रकाशित