विज्ञान र प्रविधिको विकास बिना नेपालको विकास सम्भव छैन : प्रम दाहाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको युग विज्ञान र प्रविधिको भएकाले वैज्ञानिक आविष्कारलाई अघि नबढाई नेपालको विकास नहुने बताएका छन् ।

आज बालुवाटारस्थित निवासमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिदैं विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका हुन् ।

‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’ उनले भने, ’नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।’ वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।’

  • ९ फाल्गुन २०७९, मंगलवार ११:१० प्रकाशित