चन्द्र भण्डारीको उपचार जारी, सवै पारामिटर नर्मल

केन्द्रभाग मिडिया

काठमाडौँ ।
आगलागीको घटनामा घाइते भएका कांग्रेस नेता तथा सांसदचन्द्र भण्डारीको उपचार भारतमा जारी रहेको छ ।
भारतको मुम्बईमा भण्डारीको खुट्टाको सर्जरी गरिएको छ । यस्तै सअघि गर्ने भनिएको दोस्रो सर्जरी भने हुन सकेको छैन ।

उनको उपचारमा संलग्न डा. मुकेशका अनुसार शुक्रबार पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा डिप इन्जुरी रहेको कारण सोचे भन्दा धेरै समय लागेको थियो ।
अव्जरवेसन पनि कम्तीमा १–२ घण्टा राख्नु पर्ने नियम रहेकाले तत्काल दोस्रो अपरेशन हुन नसकेको उनको भनाइ छ ।

शनिबार बिहानको अपडेटअनुसार अहिले सवै पारामिटर नर्मल रहेको छ । यद्यपि फोक्सोको तल्लो भागमा कार्वनमोनोअक्साईडको मात्रा देखिएको चिकित्सकहरुले बताएका छन् । हाल तल्लो भागमा मात्र यो रहेकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताएका छन् ।
बुधबार राति निवास बुद्धनगरमा भएको आगलागीमा उनी घाइते भएका थिए । उनीसँगै घाइते भएकी आमा हरिकलाको भने बिहीबार बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो । चन्द्रलाई किर्तीपुरमा उपचार हुन नसक्ने भएपछि भारत रिफर गरिएको थियो ।

  • ६ फाल्गुन २०७९, शनिबार १०:४९ प्रकाशित