पोखरा, ६ फागुन ।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सरुवाका लागि भनसुन गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन् । डिभिजन सडक कार्यालय, कास्कीको शुक्रबार निरिक्षण गदै श्रेष्ठले काममा परिणाम नदिने तर राजनीतिक प्रभाव र फोर्सका आधारमा मन्त्रालय मन्त्रालय चाहार्नेलाई नछाड्ने चेतावनी दिएका हुन् ।
मैले दुइवटा कुरलाई मात्रै केन्द्रीत गर्छु, एउटा सबलाई न्याय, परिणाममा काम । राजनीतिक दवाव र अवान्छित प्रभावका कारणले कसैको सरुवा पोष्टिङ हुदैँन । सबैलाई न्यायपूर्ण तरिकाले जिम्मेवारी दिइन्छ, मन्त्री श्रेष्ठले भने । कर्मचारीले केही लिएर चाहानुपर्ने, कसैको भनसुन गराउनुपर्ने स्थिति अन्त्य हुन्छ, बरु भनसुन गराउन थाल्नुभयो भने बिग्रयो भन्ने बुझे हुन्छ ।
मन्त्री श्रेष्ठले आर्थिक कृयाकलापमा सलग्न हुनेलाई कारवाही गर्ने चेतावनी दिए । कहि कतै झोला बोकेर जाने थाहा पाए भने लिने दिने सबै कारवाहीमा पर्छन, हामी मन्त्रालय, विभाग र कार्यालयहरुमा नयाँ गदैछौँ, त्यसकारण सबैलाई न्याय हुन्छ, सबैले काम दिनुपर्छ ।
हामीले हेर्ने भनेको प्रफोमेन्स कस्तो छ, आयोजना कार्यान्यनको प्रकृया अगाडी बढ्यो की बढेन, त्यहा किन ढिला सुस्ति भयो भन्ने हो । त्यहा उपेक्षा भयो भने हामी सहेर बस्दैनौँ, श्रेष्ठले भने ।
यही गतिले सरकारले बनाएको लक्ष प्राप्त हुन सक्ने अवस्था नरहेकाले कामलाई नयाँ तरिकाले गर्न श्रेष्ठले कर्मचारीलाई आग्रह गरे ।
मन्त्री श्रेष्ठले निर्माण व्यवसायीलाई निर्माण व्यवसायीलाई गालि गरेर मात्र काम सुरु नहुने बताए । राष्ट्रिय निर्माण उद्योग जबकी नेपालको विकासको प्रकृयाको अभिन्न अंग हो भने त्यसलाई कसरी स्थापित गर्ने र प्रतिष्ठित बनाउने भन्ने ढंगले जानुपर्छ । निर्माण व्यसायीलाई राज्य र समाजले इज्जत, सम्मान दिनु पर्छ ।
आयोजनाको काम समयमा नसक्ने, उपेक्षा गर्ने , गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीलाई भने कारवाही गर्ने श्रेष्ठले चेतावनी दिए । श्रेष्ठले निर्माण कम्पनीले काम गरे नगरेको निरिक्षण र अनुगमनलाई तिब्रता दिन र समयमै काम सम्पन्न गने गरि लाग्न कर्मचारीलाई निर्देशन दिए ।













