नेताहरु उदासिन बन्दा संघीयता टुहुरो बन्यो : गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको संरचनामाथि भइरहेको आक्रमणको जवाफ कामले दिनुपर्ने बताएका छन् ।  प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले जनताको नजिकैको प्रदेश सरकारले चुनौतीका बीचमा पनि अवसर खोज्दै अघि बढ्नुपर्ने बताए ।

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा बोल्दै गुरुङले आफैले प्रदेशको औचित्य पुष्टी गर्न नसके संघीयता कसैले नबचाइदिने बताए ।

गुरुङले कतिपय राजनीतिक दलहरु संघीयताको विरोधका लागि जन्मिएको बताउदै जसले यो संघीयता ल्यायो तिनै दलका नेताहरु उदासीन बनेको भन्दै संघीयता आज टुहुरो बनेको छ । अधिकार नदिने तर, प्रदेशले काम गर्न सकेन भनेर विरोध गर्नुको औचित्य नरहेको गुरुङले बताए ।

  • ४ फाल्गुन २०७९, बिहीबार १५:३८ प्रकाशित