भण्डारीको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई ओलीको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ– ग्यासको सिलिन्डर विस्फोटमा परी प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी घाइते भएको घटनाप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन् । विस्फोटमा परी निधन भएकी भण्डारीकी आमा हरिकला भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले लेखेका छन् ‘एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर प्रतिनिधिसभा सदस्य माननीय चन्द्रकान्त भण्डारी घाइते हुनुभएको खबरले अत्यन्त दुःखी छु । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु । विस्फोटमा परी निधन हुनु भएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

  • ४ फाल्गुन २०७९, बिहीबार १५:०५ प्रकाशित