काठमाडौं ।
नेकपा माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने हल्लाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेट भएको छ ।
दुइै नेताबीच बालुवाटारमा अहिले भेटवार्ता जारी छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटघाट बाक्लो बनाएका छन् ।माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ ।
एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ ।













