जोमसोमबाट पोखरातर्फ आउदै गरेको बस कालिगण्डकी नदीमा खस्यो

केन्द्रभाग मिडिया

smart

पोखरा ।

मुस्ताङको जोमसोमबाट पोखरातर्फ आउदै बस कालिगण्डकी नदीमा खसेको छ । म्याग्दी कोरला यातायात प्रा.लि.को यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु स्थित कालोपत्रे सडकबाट नदिमा खसेको हो ।

ना ७ ख ७४४० नम्बरको उक्त बसले जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ आउदै गरेको प्रहरीले जनाएको छ । बस बिहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

बेनी–जोमसोम सडकको धम्पु स्थित सडकबाट बस करिव ५५ मिटर तल कालिगण्डकी नदीमा खसे र उत्तानो परेको छ । प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले । बसमा सवार १७ जना यात्रु घाईते भएको जानकारी दिए छन् । ४ जना यात्रु गम्भिर घाईते भएको पौडेलले जानकारी दिए । गम्भिर घाईतेलाई उपचारका लागि पोखरा पठाइएको पौडेलले बताए । बाकीँ १३ जनाको थासाङ स्थिति लेतेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बसमा १२ पुरुष,४  महिला र १ जना नाबालक यात्रु थिए ।

  • ३ फाल्गुन २०७९, बुधबार ११:०६ प्रकाशित