काठमाडौं ।
विश्व बजारकै ठूलो मानिने कोरियाली कम्पनी साम्सुङ इलेक्ट्रोनिक्सले नेपालबाटै आफ्ना सामग्री उत्पादन गर्ने भएको छ । आगामी मार्च महिनादेखि नेपालमै स्थापित फ्याक्ट्रीबाट आफ्नो उत्पादन थाल्ने भएको हो ।
सामसुङ कम्पनीको नेपाल कार्यालयका प्रबन्ध निर्देशक पार्क सङ जुनले मंगलबार परराष्ट्रमन्त्री डा। विमला राई पौडेललाई शिष्टाचार भेट गरी नेपालमै उत्पादन थाल्न लागिएको जानकारी गराएका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले भैरहवामा सामसुङको ‘एसेम्बलिङ फ्याक्ट्री’ स्थापना भएको र मार्चदेखि पहिलो चरणमा सामसुङका टेलिभिजन सेटहरु उत्पादन हुने जानकारी दिए ।
कम्पनीले विस्तारै नेपालमा सामसुङका अन्य उत्पादनहरु फ्रिज, वासिङ मेसिनदेखि स्मार्ट फोनहरु पनि उत्पादन गर्ने प्रबन्ध निर्देशक पार्कले बताए ।