वर्षमान पुनलाई भेट्न अस्पताल पुगे उपराष्ट्रपति

केन्द्रभाग मिडिया

काठमाडौं ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन सुमेरु अस्पताल पुगेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति त्यहाँ पुगेका हुन्। त्यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलल पनि उनलाई भेट्न अस्पताल पुगेका थिए ।

  • ४ माघ २०७९, बुधबार १०:३२ प्रकाशित