२ घण्टापछि सर्‍यो संसद बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसदको बैठक दिउँसो १ बजेका लागि सरेको छ । यसअघि ११ बजेका लागि तय भएको बैठक दुईघण्टा पछि सारिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२) अनुसार पुस १० गते दाबी पेश गरेका थिए । विश्वासको मत दिने(नदिने निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी छ । यसपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

  • २६ पुष २०७९, मंगलवार ११:३३ प्रकाशित