काठमाडौं ।
दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिए । दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ ।
यसअघि पनि पटकपटक मिति तय भएपनि दशौं खेलकुद हुन सकेको छैन ।











