कोशी प्रदेश सभाको बैठक भदौ ३ गते बस्ने

केन्द्रभाग मिडिया

विराटनगर ।

गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक आगामी भदौ ३ गते बस्ने भएको छ।

कोशी प्रदेश सभा सचिवालयले आज सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक भदौ ३ गते बुधबार दिउँसो १ः ०० बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो।

यसअघि असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो । यसैबिच यस पटकका संसद् बैठक कटहरीस्थित संसद् सचिवालयमै बनेको नयाँ संसद् भवनमा बस्ने भएको छ ।

अबको संसद् बैठकमा दलित सम्बन्धी विधेयक टेबुल गर्ने तयारी छ । उक्त विधेयकको मस्यौदा मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ ।

  • २८ श्रावण २०८३, बिहीबार १६:३३ प्रकाशित