महिला संघ सभापति बरालद्वारा विरामीलाई जुस वितरण

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघ, पोखरा महानगर समिति सभापति माया बरालले विरामीलाई जुस वितरण गरेकी छन् । पोखरा महानगर–११ मा रहेको मणिपाल अस्पतालमा उपचाररत विरामीलाई बरालले शुक्रबार जुस वितरण गरेकी हुन् ।

सर्जिकल वार्डमा उपचाररत, कास्की, गोर्खा, बागलुङ लगायतका जिल्लाका ११ जना विरामीलाई जुस वितरण गरेको बारालले जानकारी दिइन् । बरालले आत्मबल नै विरामीको पहिलो उपचार रहेको बरालले विरामीलाई आत्मबल बलियो बनाउन सुझाव दिइन् ।


आफै मणिपाल अस्पतालमा उपचारबाट डिस्चार्ज भए पछि अस्पतालका विरामीलाई जुस वितरण गर्न पुगेकी बरालले विरामीलाई आत्मबल बलियो बनाउन सुझाव दिएकी हुन् ।  पित्त थैलीमा जमेको पत्थरीको उपचार पछि बराल चार दिन पहिले डिस्चार्ज भएकी थिइन् । आफुले अस्पतालका डाक्टर, नर्सा र अन्य कर्मचारीबाट उपचारका क्रममा सहयोग पाएको कारण आत्मबल बढेको बताइन् ।

डिस्चार्ज पछि विरामीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र विरामीको मनोबल बढाउन आफु अस्पताल पुगेको बरालले बताइन् । आफुले उपचारमा भोगेको कुरा विरामीसंग सेयर गर्दा विरामीको आत्मबल बढ्ने रहेछ बरालले भनिन्, मैले आफु विरामी हुदाँ जे अनुभव गरे त्यसले मलाई विरामीको आत्मबल बढाउन मन लाग्यो र जुस लिएर भेट्न आए ।


जुस वितराणमा अस्पतालका निर्देशक अभिषेक मास्के, डा. बिनोदवाणी श्रेष्ठ, प्याथोलोजिष्ट नवराज भण्डारी, अस्पतालका लेखा अधिकृत शंकर खत्रीले जुस वितरणमा साथ दिएका थिए । अस्पतालका निर्देशक मास्केले विरामीलाई छिटो निको हुन उपचार मात्र नभएर आफन्तको साथ सहयोग र सकारात्मक उर्जाको खाचोँ हुने बताए ।

  • २१ पुष २०७९, बिहीबार १५:१६ प्रकाशित