आज कति छ डलर, युरोको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज बुधबार आज पनि डलरको भाउ उकालो लागेको छ ।

आज अमेरिकी डलर एककोक खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५५ पैसा थियो।

पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६० रुपैयाँ ०९ पैसा छ ।यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ९२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०० पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा रहेको छ ।

  • १३ पुष २०७९, बुधबार १०:०३ प्रकाशित