पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६० रुपैयाँ ६६ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा थियो।
आज डलर एकको खरिददर १३२ रुपैयाँ १३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३८ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५ रुपैयाँ २९ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३० रुपैयाँ ०० पैसा रहेको छ ।