आज पाउण्डको भाउ घट्यो, कति छ डलर र युरो ?सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको चौथो दिन आज बुधबार पाउण्डको भाउ घटेको छ ।

आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५० पैसा र बिक्रीदर १६१ रुपैयाँ २३ पैसा छ । हिजो भने पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९९ पैसा थियो।

आज डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ११ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८० पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ ।

  • ६ पुष २०७९, बुधबार १०:०१ प्रकाशित