पोखरा । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको हो ।
घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेलरमटितेल १७५ पर्नेछ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो ।
आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ ।