काभ्रेमा बस दुर्घटना, १३ जनाको ज्यान गुम्यो, २० जना गम्भीर घाइते 

केन्द्रभाग मिडिया

काभ्रे ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गुमेको छ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार दुर्गटनामा परेर १३ जनाको ज्यान गुमेको छ । २० जना गम्भीर घाइते भएका छन् । घाइतेको उद्धार जारी छ ।

  • २७ मंसिर २०७९, मंगलवार २०:३३ प्रकाशित