गृहमन्त्री खाँणद्धारा मनाङको क्षति निरीक्षण

केन्द्रभाग मिडिया

मनाङ ।

गृहमन्त्री बालकृष्ण खाँणले मनाङ पुगी क्षति निरीक्षण गरेका छन ।

मन्त्री खाणले मनाङ जिल्लामा बाढीपहिराले पुर्याएको क्षतिको आज अनुगनमन तथा निरीक्षण गरेका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए।

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिए। बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्याएको थियो ।

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरे ।

  • २१ आश्विन २०७८, बिहीबार १४:४५ प्रकाशित