पोखरा ।
पोखरा महानगरपालिका कृषि महाशाखाको आयोजनामा पोखरा ३२ राजाको चौतारोमा माटो परीक्षण तथा बाली उपचार शिविर भएको छ । शिबिरमा उक्त वडामा रहेका विभिन्न कृषकहरुको १३३ माटोको नमुना परीक्षका लागि ल्याएका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुसार ४० जनाले विभिन्न बालीहरुमा लागेको रोग किराको स्याम्पल सहित उपस्थित भएका थिए । बालीमा लागेको रोग किरा ब्यबस्थापनको लागि कृषि बिज्ञ धनबहादुर रानाले हरेक कृषकलाई समस्याको कारण र समाधानको उपायहरु बारे जानकारी गराएका थिए ।
महाशाखाले आवश्यकता अनुसार ढुसीनासक, किरानासक निमजन्य बिषाधी तथा सुक्ष्म खाध्य तत्व निशुल्क रुपमा उपलब्ध गराइएको गराएको छ । अहिलेको सिजनको बालीहरु काउली, बन्दा, सिमि, नगदे बाली उखु, कफी, फलफुल लिची, कागती, ड्रागन फल, केरा आदिमा लागेका रोग किरा सहितको भाग लिएर कृषक शिविरमा आएका थिए ।
माटो परीक्षको लागि माटो तथा मल परीक्षण प्रयोगशालाको समन्वयमा प्रयोगशाला सहितको माटो परीक्षण गर्ने बसको प्रयोग भएको गरिएको कृषि महाशाखाले जनाएको छ । कृषि सञ्जाल ३२, वार्ड कार्यालय ३२, कृषि सेवा केन्द्र शिसुवाको समन्वयमा उक्त शिविर भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष अक्कल बहादुर कार्की, महाशाखा बाट प्रमुख वरिष्ठ कृषि अधिकृत मनहर कडरिया, कृषि अधिकृत ज्ञानु आचार्य, प्राबिधिक बिष्णु भट्टराईले सहजीकरण गरेका थिए ।