सरकारले अध्यादेश ल्याउनु सकारात्मक : नागरिक उन्मुक्ति पार्टी

केन्द्रभाग मिडिया

काठमाडौं।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जेलमा रहेका आफ्ना पति रेशम चौधरीसँग भेटवार्ता गरेकी छिन् ।

सरकराले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याएको भोलिपल्टै आज उनले डिल्लीबजार कारागार पुगेर रेशमलाई भेटेकी हुन् ।

उनले अध्यादेश आउनु सकारात्मक भएको पनि प्रतिक्रिया दिएकी छन् ।

उनले अध्यादेश आउनु सकारात्मक कुरा भएको उल्लेख गर्दै राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने आशा व्यक्त गरिन् ।

  • २६ मंसिर २०७९, सोमबार १७:३७ प्रकाशित